Friday, August 17, 2007

प्रेस स्वतन्त्रता – नारा र यथार्थ

युवराज घिमिरे

 

प्रजातान्त्रिक मान्यता मूल्यलाई प्रतिबद्धताका रूपमा स्वीकार गर्नेहरूले मात्र प्रेस स्वतन्त्रतालाई सम्मान गर्न सक्छन् त्यसको विपरीत मान्यता बोकेका अधिनायकवादी चिन्तन चरित्र बोकेकाले प्रेस स्वतन्त्रताको नारा मन्त्र बोके पनि यथार्थमा त्यो स्वतन्त्रताको विरोधमै उनीहरू उत्रिने गर्छन् निर्णयक अवसरमा माघ १९ को शाही कदमपछि नेपाल टेलिभिजनमा विजय कुमारको दिशानिर्देश कार्यक्रममा त्यसबेलाका र्सवशक्तिमान मन्त्री रमेशनाथ पाण्डेले भनेका थिए , 'यदि प्रेस स्वतन्त्रता नभएको भए तपाईंले यो प्रश्न सोध्न सक्नुहुने थिएन ' स्वतन्त्रताका हिमायतीहरूले कुनै पनि रूपमा आफ्ना प्रश्न या जिज्ञासा अभिव्यक्त गर्ने गर्छन् कथित स्वतन्त्रता र्समर्थक सत्ताभोगीहरूले 'स्वतन्त्रता ' प्रेसलाई आफ्नो 'दान ' सम्झने भूल गर्छन् स्वतन्त्रता प्रजातान्त्रिक सभ्यता , चिन्तन मानसिकताको प्रबल निधि हो भन्ने कुरा ती राजनीतिज्ञहरूले बिर्सने गर्छन् शक्ति सत्ताको उन्मादमा

माओवादी नेतृत्व उनका कार्यकर्ताहरू रमेशनाथ पाण्डेभन्दा एक कदम अगाडि बढेका छन् अहिले राजनीतिक घटनाक्रमले अहिले पाण्डे 'खलनायक ' बन्न पुगेका छन् तर त्यही प्रवृत्ति अपनाएर माओवादी 'हिरो ' इमेज बचाउने धूनमा छन् गिरिजाप्रसाद कोइराला प्रेसमाथि जारी चौतर्फी हमलाप्रति उदासीन छन् उनलाई लाग्छ होला यसले माओवादीलाई मात्र अलोकप्रिय बनाउँछ तर प्रधानमन्त्रीका रूपमा उनको सरकार प्रेसमाथिको चौतर्फी हमला रोक्न असफल हुँदा प्रजातन्त्र प्रेस स्वतन्त्रताविरोधीका रूपमा चित्रित हुने सम्भावनाप्रति उनी अनभिज्ञ छन्

तर पे्रस स्वतन्त्रताको पक्षमा प्रबल र्समर्थन उदासीनता देखाउने प्रवृत्ति कोइरालामा मात्र हैन , नेपालका प्रायः सबै राजनीतिज्ञ सञ्चारमाध्यमकै नेताहरू किन अलगअलग परिस्थिति मान्यताबाट प्रभावित हुने गर्छन् अहिले एक समय प्रधानमन्त्रीका निकटस्थ रहेका राजनीतिक सहयोगी सञ्चारकर्मीको वर्तमान अवतारमा अनशनमा छन् पे्रस काउन्सिलको कार्यालयको प्रांगणमा हिमालयन टाइम्स अन्नपूर्ण पोस्टको छपाइ अवरुद्ध कान्तिपुर प्रकाशन गृहतिर आफ्नो मुड्की सोझयाइसकेका छन् माओवादीहरूले समाचारपत्र पहिले नै उनीहरूको तारो बनिसकेको नाजायज राजनीतिक विस्तारको महत्त्वाकांक्षाले प्रेसको गला दबाउने अभियानमा सरकारको एउटा घटक - माओवादी लागेको

अधिनायकवादी राजनीतिका तीनवटा पक्ष हुन्छन् सैन्यवादमा टिकेको हुन्छ उसले स्वतन्त्र न्यायपालिका स्वतन्त्र तथा व्यावसायिक पे्रसलाई निषेध गरेको हुन्छ विरोधका राजनीतिलाई उसले वैचारिक मात्र हैन , भौतिक हिसाबले पनि धराशायी पार्ने सिद्धान्त अपनाएको हुन्छ अहिले त्यही भइरहेको मुलुकमा

राजनीति सत्ताको केन्द्रविन्दुमा जनतालाई ल्याउन संविधानसभाको निर्वाचन गराउने घोषणा भए पनि माओवादीहरू चाहे योङ कम्युनिस्ट लिगका अराजकता होस् या प्रेसमाथिको आक्रमण जारी राखेर या आठ दलसँग पुगेका सहमतिविपरीत गएर , जनतालाई भूमिकाविहीन बनाउने राजनीतिमा कथित संसदीय धार सञ्चारक्षेत्रका नेताहरूको द्वैधचरित्रले त्यसो नगर्न माओवादीहरूमाथि कुनै प्रभावकारी नैतिक दबाब पर्न सकेको छैन

माओवादी नेता कृष्णबहादुर महराले सञ्चारमन्त्रीका रूपमा सरकारी सञ्चारमाध्यमलाई पूर्णरूपमा माओवादीको नियन्त्रणमा ल्याउन सफल मात्र हैन , अलिकति पनि उनीहरूको विरोध प्रजातन्त्रका मूल्य मान्यतालाई र्समर्थन गर्ने सम्भावना भएका सञ्चारमाध्यमलाई ठेगान लगाउने अभियानमा ठूलो सफलता हासिल गरेका छन् शाही शासनकालमा प्रेस स्वतन्त्रताविरुद्ध कानुन बनेको थियो सरकारी अभिव्यक्ति प्रतिबद्धता स्वतन्त्रताविपरीत थियो तर सञ्चारमाध्यमले क्रमिकरूपमा त्यसको प्रतिकारका साथ स्वतन्त्रताको पक्षमा जनमतको लहर ल्याएका थिए

अहिले सरकारको प्रबल घटक सञ्चारमन्त्रीको प्रेस स्वतन्त्रताविरोधी गतिविधि स्पष्ट देखिँदा पनि पत्रकार महासंघ आन्दोलनमा उत्रन सकेको छैन पत्रकार महासंघका एकजना पूवअध्यक्ष सरकारी सञ्चारमाध्यममा जागिरे छन् , तर ४९ जना पत्रकार सेवामुक्त हुँदा उनी मौन छन् पत्रकारहरूले पूर्णरूपमा 'सेन्सरसिप ' लाई अवज्ञा गर्दाको अवस्थामा पनि शाही शासनलाई बराबर चेतावनी दिने अन्तर्रााट्रयजगत् तथा मानवअधिकारवादी संगठनहरू अहिले सञ्चारजगत्माथिको आक्रमणमा मौन छन् यो द्वैधचरित्रले माओवादीहरूलाई एक किसिमले हौस्याएको

सञ्चारमाध्यममा शोषण , श्रमजीवी पत्रकारहरूको हकहित बेतनबारे अनियमितता , यी सबैमा कानुन कार्यान्वयनको आवश्यकता तर माओवादीका अहिलेका गतिविधि त्यसका लागि हैन खालि आफ्नो राजनीतिक अराजनीतिक गतिविधिको निरन्तरताका लागि प्रेसजगत्को दुरुपयोग गरिरहेका छन् उनीहरूले यो सम्पूर्ण प्रक्रियालाई संसद्बाट बाहिर राख्नुको औचित्य के - आफ्नै दलका मन्त्री संसद्मा ८३ सदस्यको सहयोगबाट श्रमजीवी पत्रकारहरूको हक सञ्चारमाध्यमका अनियमितता हटाउनेतर्फकिन लागेनन् उनीहरू - किन 'हामी कानुन मान्दैनौं ' भन्ने जमातलाई प्रयोग गरे उनीहरूले ?

प्रेसको गला दबाउने यो खेलले माओवादी नबदलिएको देखाउँछ भने खुलेर प्रेस स्वतन्त्रताको पक्षमा बोल्न नसक्ने कांग्रेस अन्य दलहरू अनि द्वैधचरित्र बोकेका सञ्चारकर्मीहरूलाई पनि जनसमक्ष उदांग पारेको अहिले

यसबाट सिर्जित अराजकतालाई आफ्नो शक्तिका रूपमा प्रस्तुत गर्नेछन् माओवादीले तर प्रजातान्त्रिक शक्तिका रूपमा आफूलाई वचन चरित्रले स्थापित नगरेसम्म माओवादीले जनअनुमोदन हासिल गर्ने छैनन् प्रेसको घाँटी अठ्याउने शक्ति सधैं प्रजातन्त्रविरोधी शक्तिका रूपमा चिनिने त्यसको विरोध नगर्ने धूत कायरताले वर्तमान सरकारको नेतृत्वलाई पनि प्रजातन्त्रविरोधी शक्तिकै रूपमा स्थापित गर्नेछ

No comments: